
काठमाडौं । राष्ट्रिय योजना आयोगमा सरकारले थप तीन सदस्य नियुक्त गरेको छ । सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् भने अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । आरपी विछा स्वास्थ्य क्षेत्रका विज्ञका रुपमा मानिन्छन् ।
शुक्रबार पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् भने बुढाथोकी भने काठमाडौं बाहिर छन् ।
सरकारले यसअघि आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मिनबहादुर श्रेष्ठलाई तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।