आज :

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा विश्व सर्वहारा क्रान्तिलाई उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले विश्व सर्वहारा क्रान्तिलाई उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –’आज २२ अप्रिल । २२ अप्रिल विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो , किनभने आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ का दिन भ्लदिमिर इल्यिचफ लेनिनको रुसको महान् भोल्गा नदीको किनारमा रहेको सिम्बिस्रक शहरमा भएको थियो ।

लेनिन लेनिनवादका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता हुनुहुन्छ । आज संसारभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र शोषित , उत्पीडित जनसमुदाय र राष्ट्रहरुले उहाँको १५३ आौं जन्मजयन्ति धुमधामका साथ मनाउन गइरहेका छन् । महान् लेनिनको यस ऐतिहासिक जन्म दिवसप्रति विश्वभर क्रियाशील रहेका क्रान्तिकारी लेखक तथा पत्रकार ऐक्यबद्धता जाहेर गर्दछ र महान् लेनिनप्रति सम्मान व्यक्त गर्दछ ।

आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । किनभने आजकै दिन अर्थात् सन १९४९ अप्रिल २२ ९ २००६ बैशाख १० गते कमरेड पुष्पलालको नेतृत्वमा भारतको कोलकत्ताम नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसैले आज नेपालका कम्युनिस्टहरूले पनि कमरेड पुष्पलालको ७५ आौं स्थापना दिवस मनाउन गइरहेका छन् । हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपाल कम्युनिस्ट पार्टीको ७५ आौं स्थापना दिवसप्रति ऐक्यबद्धता जाहेर प्रकट गर्दै आभार व्यक्त गर्न चाहन्छ ।

आजको युग लेनिनको युग हो । अर्थात् महान् लेनिनले व्याख्या गर्नुभएको साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो । विश्व सर्वहारा क्रान्तिको युग हो । त्यसैले आज विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले विश्व सर्वहारा क्रान्तिको तयारी गरिरहेका छन् । यस परिस्थितिमा हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस ऐतिहासिक दिनमा चालु विश्व सर्वहारा क्रान्तिप्रति ऐक्यबद्धता जाहेर गर्दै यस महान् कार्यका बारेमा लेख्ने , प्रचारप्रसार गर्ने र विश्व सर्वहारा क्रान्तिलाई उल्लेखनीय सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछ । ‘

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal