आज :

मिमबहादुर परियारको कवितासंग्रह ’कर्नाली हाँस्दो छ’ विमोचन

काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कृति कवितासंग्रह ’कर्नाली हाँस्दो छ’ सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको छ ।

समता फाउन्डेसनको प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो । कवितासंग्रह भित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ ।

कवि परियारका अनुसार ’कर्नाली हाँस्दो छ’ दलितको आवाज हो ! कर्नालीको आवाज हो र विद्रोहीको आवाज हो । समग्रमा कर्नाली हाँस्दो छ, दलित आन्दोलनको एक हिस्सा पनि हो ।

कवितासंग्रहको शिर्ष कविताकै नामबाट संग्रहको नामकरण गरिएको छ । यस संग्रहभित्र जातीय छुवाछूत विरुद्ध लेखिएका कविता अधिकांश छन् भने केही कविता कर्नालीका पीडा सम्भावना र कालापहाड ,वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ । केही कविताले कम्युनिस्ट आन्दोलनको विचलित पक्षलाई उजागर गरेको छ । केही कविताले पृतिसत्तामाथि धावा बोलेको छ ।

प्रस्तुत संग्रहमा समावेश कविताहरु रुकुम नरसंहार पछि लेखिएका हुन् । धेरै कविताहरुमा आक्रोश झल्किएको छ, पीडा पोखिएको छ । त्यसको साथसाथै चेतना , चेतावनीको सन्देश बोकेका छन् । कर्नाली हाँस्दो छ प्रेमिल भाव बोकेको कविता होईन । यसमा प्रकृति प्रेमको वर्णनन् पनि छैन ।

यसमा छन् त केवल दलितका पीडा,सपना,रहर र सामाजिक रुपान्तरणको मोह छ । ’कर्नाली हाँस्दो छ’का कविताहरु विभिन्न जातीय छुवाछूतका घटनाक्रममा लेखिएका हुन् । जस्तैः जातको आधारमा जब दीपा नेपाली , रुपा सुनारहरु भाडाका कोठाबाट निकालिन्छन् । तब देशमा जातवादीहरु ’तिमी कोटा छोड हामी कोठा दिन्छौं’ भन्दै कोटा र कोठाको बहस चलिरहँदा , आरक्षण, खाली कोठा, लेखिएको हो ।

त्यस्तै नवराज विकको हत्याकाण्ड पछि आजको समाचार लेखिएको हो। फर्जी तमसुक र मिटर ब्याजिको समस्या समाजमा चलिरहँदा कालसिंह दमाईको तमसुक लेखिएको हो। प्रत्येक कविताका आफ्नै कथाव्यथा रहेको छ तर उदेश्य भने साझा छ । सामाजिक रुपान्तरणको सपना छ , रहर छ र विभेद रहित नेपालको चाहाना छ ।

साभार रातोपाटी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal