
काठमाडौं । संस्कृति, पर्यटन नथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले महंगो भाडा असुलिरहेको भन्दै प्रश्न गरेका छन् । मन्त्री किरातीले शुक्रबार नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयमार्फत जवाफ मागेका छन् ।
मन्त्री सुदन किरातीले तीन दिनभित्र जवाफ पेश गर्ने गरी मन्त्रालयले स्पष्टीकरण सोधेको जनाएा छन्।
मन्त्री किरातीले ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरेका छन् । उनले सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको जनाएका छन् ।
मन्त्री किरातीले नाफा कति प्रतिशत बढाउन पाइने निर्णय छ ?, कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?, समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ भन्नेबारे समेत प्रश्न सोधिने भएको छ ।
कोरियन एयरले १ लाख ८५ हजार भाडा लिएको तर, ट्रान्जिट भएर जाँदा ७० हजार मात्र भाडा लिएको सन्दर्भमा कोरियन एयरले किन धेरै भाडा लिएको हो भन्नेबारे समेत ईपीएस कोरियाले जवाफ दिनु पर्ने भएको छ ।