
काठमाडौं । उपचुनाव अन्तरगत आज रातिबाट मौन अवधि सुरु हुँदैछ । बुधबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले चुनावलाई धाधलिरहित गर्न ६ वटा निर्णय गरेको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित सदस्यहरु र गृहसचिव, रक्षा सचिव, अर्थ सचिव, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सभागी बैठकले बैशाख ८ गतेदेखि मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्री र सेवनलाई नियन्त्रण गर्ने निर्णय गरेकोङ्क छ ।
त्यसैगरी बैठकले उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।
१. बैशाख ८ गतेदखि १० गतेसम्म विद्यालयहरुलाई सार्वजनिक बिदा दिने
२. सम्बन्धी निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको लागि सरकारलाई अनुरोध ।
३. मतदान स्तल तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौधी तथा अन्य भवन एवम् भौतिक संरचना मतादन प्रयोजनको लागि उपयोग गर्न सम्बन्धी स्थानीय तहमा लेखी पठाउने
४. बैशाख १० गते उपनिर्वाचन हुने जिल्लाहरुमा उयुक्त सुरक्षा व्यवस्था अलम्वन गी सार्वजनिक यातायातको संचालन तथा व्यवस्थापन गर्न सम्बन्धीजिललको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत लेखी पठाउने
५. बैशाख ८ गतेदेखि १० गतेसम्म उपनिर्वाचन हुने सम्बन्धीत निर्वाचन क्षेत्रमा आचारसंहिता प्रतिकुल गतिविधि माथिको निगरानी तथा नियन्त्रयणका लागि सुक्ष्म अनुगमन ।
६. निर्वाचन सम्पन्न भई मतगणना नसकिएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री र सेवन गर्न नपाइने ।