
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा वायु प्रदूषण उच्च रहेको छ । विश्वका वायु प्रदूषण हुने सहरको सूचीमा पर्ने काठमाडौंमा त झन् बाक्लो प्रदूषण छ ।
अझै केही पानी पनि नपर्ने र प्रदूषणलाई नेपाल बाहिर पठाउने गरी हावा पनि नचल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विज्ञहरुले प्रदूषणको बेला सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।
वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा कस्तो असर पुर्याउछ भन्नेबारे जान्नु आवश्यक छ ।
– मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ।
– श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग
– दीर्घ श्वासप्रश्वास अवरोध रोग
– फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ।
– मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ।
– आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ।
– कम तौल भएको बच्चा जन्मने
– अवधी नपुग्दै बच्चा जन्मने ।