आज :

जन्मदिनको पार्टीमा गोली चल्दा ६ जनाको मृत्यु, २८ जना घाइते

  • अनलाइन डबली

काठमाडौं । जन्मदिन मनाइरहेको पाटीमा गोल‍ी चल्दा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । यो अमेरिकाको घटना हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्ड भएको हो ।

अलाबामाका गभर्नर केभ आइभीका अनुसार स्थानीय समयअनुसार राति १०ः३० बजे घटना घटेको थियो । आइभीले आफू शोकमा डुबेको बताउँदै भने ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’

डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उनले मारिएका युवा स्टार खेलाडीमध्येका एक भएको र उनीहरु धेरै राम्रो मान्छे भएको बताए ।

लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ।

त्यसैगरी अमेरिकाको केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचार छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal