
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमामाथि गोली चलाउने कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रहरी हवल्दार प्रकाश पुन मगर भएको खुलेको छ ।
बालुवाटारस्थित घरमा एराति साढे ९ बजे पुनकी आमा ७४ वर्षीय तीर्थमालीमाथि गोली चलाएका थिए । उनको खुट्टामा गोली लागेको छ । तीर्थमाताको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गोली चलाउने प्रकाशलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाश नेता पुनकै नातेदार भएको बताइएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने सुरक्षाकर्मी हुन् ।