आज :

रुसी सेनाले युक्रेनको स्लोभ्यान्सन्स्कमा हमला, बखमुत पनि कब्जा हुँदै 

  • अनलाइन डबली

काठमाडौं । रुसी सेनाले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा ठूलो हमला गरेको छ । रुसी सेनाले ठूला तथा अपार्टमेन्टमा हमला गरेको बताइएको छ । उक्त घरमा युक्रेनी सुरक्षाकर्मीले हतियार गोदाम बनाएकोले हला गरिएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

हमलाबाट ८ जनाको मृत्यु भएको र २१ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ठूलो हमला भएको पुष्टि गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निन्दा गरेका छन् । उनले ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने भन्दै खोजी भैरहेको बताएका छन् ।

यसैगरी युक्रेन युद्धको निर्णयक मोर्चा मानिएको बखमुत पनि रुसी सेनाले कब्जाको तयारीमा जुटेको बताइएको छ ।

केही दिन पहिले सार्वजनिक भएको अमेरिकी पेन्टागनको गोप्य दस्तावेजमा बखमुत मोर्चा हारे युक्रेनले युद्ध हार्ने उल्लेख गरिएको छ । बखमुत मोर्चा हारेपछि रुसलाई रोक्न नसकिने भन्दै रुसले नियन्त्रणमा लिएको भूभागलाई छोडेर वार्ता गर्नुपर्ने समेत उक्त दस्तावेजमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal