
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पनि कार्यकर्तालाई भेट्न मन्त्रीहरु पार्टी कार्यालय पुग्न पर्ने निर्णय गरेको छ । सरकारमा रहेका मन्त्रीलाई भेट्न नपाएको नेता तथा कार्यकर्ताले गुनासो बढेपछि सो निर्णय गरेको हो ।
यसअघि नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित मन्त्रीहरुले नेता कार्यकर्ता भेट्न केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्ने निर्णय गरेको थियो । त्यसको केही घण्टापछि एकीकृत समाजवादीले पनि सो निर्णय गरेको हो ।
एकीकृत समाजवादीले आइतबार र बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्म कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल तथा सोमबार र शुक्रबार सोही समयमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट्ने समय मिलाइएको छ ।