आज :

‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक,  जापानमा पढ्न जाने विद्यार्थीमाथि थप कडाइ 

  • अनलाइन डबली

काठमाडौं ।सरकारले  ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै नेपाली विद्यार्थीहरु जापानमा पढ्न जाने विद्यार्थीमाथि थप कडाई भएको छ । निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएसँगै जापानमा पढ्न जाने विद्यार्थीका लागि बाटो बन्द भएको हो । जापानमा प्रत्येक वर्ष करिब १० हजारको हाराहारीमा नेपाली विद्यार्थी पढ्न जाने गरेका छन् ।

एनओसी शाखाका अनुसार गत वर्ष १० हजार भन्दा बढी नेपाली विद्यार्थी पढ्नका लागि जापान गएका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६ हजार ७ सय जनाले जापान पढ्नका लागि एनओसी लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ नेपाली विद्यार्थीका लागि जापान प्रमुख गन्तव्य बनेको थियो ।

प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली विद्यार्थी जापान जाने गरेका छन् । मन्त्रालयको निर्देशिकापछि भने त्यो अवसरबाट विद्यार्थीबञ्चित हुन पुगेका छन् ।

यसै गरि सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) मा कडाई गर्दै  झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने जारि निर्देशिकामा उल्लेख  छ ।  नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो ।

गत फागुन १८ मा स्वीकृत निर्देशिकामा उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख गरिएकाे छ । तर पछिल्ला वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशीनेको संख्या बढ्न थालेपछि कडाई गरिएको जनाइएकाे छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal