आज :

टुजि नेटवर्क सञ्चालनमा हुँदा इन्टरनेटको सास्ती खेप्दै बङ्गलाचुलीका नागरिक

दाङ । दाङको विकट क्षेत्र मानिने बङ्गलाचुली गाउँपालिका ४ नम्बर वडामा इन्टरनेट सेवामा लामो समय देखि सास्ती भोग्नु परेको हो।  टुजि नेटवर्क सञ्चालनमा हुँदा बङ्गलाचुली गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ।

घोराही उपमहानगरपालिका १ काउले को सिमाना रहेको नेपाल टेलिकमको टावर एक महिना अगाडि सञ्चालनमा आएको हो।

पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ । फाइभ जि चलाउने आशा थियो तर टुजि नै सञ्चालनमा हुँदा जनसमुदायमा चिन्तित भएको गोविन्द न्यौपानेले बताउनु हुन्छ।

टुजि सञ्चालनमा रहँदा ई नेटवर्कले भ्वाइसकल , भिडियोकलमा कुरा नबुझिने, फोन नलाग्ने, बजारको काम नगर्ने समस्याले लामो समय बर्बाद हुने र चाहेको अनलाइन कलास लिन अनलाइन काम गर्न समेत सुविधा लिन निकै कठिनाइ परेको छ।   रामो सुविधा लिनका लागी १५ कि मि घोराही बजार झर्नु पर्ने बाध्य भयका बङ्गलाचुली गाउँपालिका ४ का अध्ययनरत छात्र छितिज खड्काले वतााए  ।

सरकार र नेपाल टेलिकमले लाखौं बजेट लगानी गरेपनि समुदायको समस्यालाई न्यूनीकरण भन्दा पनि बढि समस्या निम्ताएको त्यहाँका सञ्चार प्रयोगकर्ताले बताउँछन्‌। टावर निर्माणका लागि लाखौंको लगानीमा काम गर्न अहिले सम्म अधुरै रहेको छ। सूचना सन्चार तथा प्रविधि मन्त्रालयका मन्त्री रेखा शर्मा लाई जनताले खेप्नुपरेको समस्यालाई समाधान गर्नको लागि बङ्गलाचुलीका स्थानीयले माग राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal