आज :

नयाँ वर्षसँगै प्रचण्डले कार्यकर्तालाई पार्टी कार्यालयमै भेट्ने, बालुवाटार-सिंहदरबार धाउनु नपर्ने

  • अनलाइन डबली

काठमाडौं । नयाँ वर्षको सुरुसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेता कार्यकर्ताहरुलाई हप्ताको एकदिन छुट्याएका छन् । हरेक हप्ताको शुक्रवार नेता कार्यकर्तालाई भेट्न प्रचण्ड पेरिसडाँडास्थित पार्टी कार्यालयमा भेटघाट गर्ने भएका छन् ।

नयाँ वर्षको पहिलो दिन आजबाट नेता कार्यकर्तालाई पार्टी कार्यालय पुगेर पार्टीका काम र गुनासो सुन्न सुरु गरेका छन् । त्यसको लागि प्रचण्ड आज विहान केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।

प्रधानमन्त्री भएसँगै पार्टीका कामकारवाहीमा सुस्तता आएको भन्ने चर्चा भएको थियो ।

योसँगै प्रचण्डलाई भेट्न कार्यकर्ताहरुले बालुवाटार र सिंहदरबारको गेटमा पुग्न नपर्ने भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal