आज :

अडियो प्रकरणः निकिता पौडेले ‘कोर टिम’ मा भएको भन्दै भाइरल, यसो भन्छन् रवि

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेललाई ‘कोर टिम’ मा भएको भन्ने गरिएका पोष्टहरु सामाजिक संजालमा भाइरल भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर ढाकाकुमार श्रेष्ठलाई कारवाही गरिएकोक थियो । केन्द्रीय समिति बैठकले श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा लामिछानेले कोर टिमबारे स्पष्ट जवाफ दिन सकेका  थिएनन् । उनले श्रेष्ठले कोर टिमबारे भन्ने बताएको समेत भनेका थिए । बुधबार साँझतिर लामिछानेकी पत्नि निकता नै कोर टिममा भएको भन्दै सामाजिक संजालमा भाइरल भयो ।

पत्रकार सम्मेलन सकेर चुनावी प्रचारमा जुटेका लामिछानेले त्यसबारे राति नै प्रतिक्रिया दिएका छन् । उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले बिना आधार र प्रमाण गरिएको आक्रमणको हिसाब राखेको भन्दै भने, ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्’, उनले भनेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’

‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’ बिना कारण बद्नामी र तनाव सहनु परेको भन्दै लामिछानेले भनेका छन्, ‘न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं’ लामिछानेले सामाजिक संजालमा भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal