आज :

सहिदहरूको उपलब्धिमाथि अपमान नगर्न सांसद शर्माको चेतावनी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ नारायणी शर्माले सहिदहरूको अपमान नगर्न चेतावनी दिएकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले परिवर्तनका हिमायतीहरूलाई हेप्ने र बदनाम गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध कडा चेतावनी दिएकी हुन् ।

‘कसैले पनि महान् सहिदहरूको अपमान नगर्न, वर्तमान उपलब्धिमाथि मजाक नगर्न, परिवर्तनका हिमायतीहरूलाई हेप्ने र बदनाम गर्ने दुष्प्रयास नगर्न कडा चेतावनी दिँदै यी प्रतिगामी स्वरहरूको विरोध गर्दछु’, उनले भनिन्, ‘वर्तमान शासन पद्धतिले अवलम्बन गरेका प्रगतिशील उपलब्धिहरूको रक्षा र संस्थागत विकाशका लागि जस्तासुकै चुनौतीको सामना गर्न परे पनि निर्भीकताका साथ उभिने सङ्कल्पसहित प्रण गर्दछु ।’

उनले वर्तमान संविधान र शासन पद्धतिकाविरुद्ध कुरूप र भद्दा प्रतिगामी आवाजहरू उठ्ने गरेको भन्दै आक्रोश समेत पोखिन् । यस्तै उनले शान्ति प्रक्रियाका बाँकी कामहरू गम्भीरताका साथ पूरा गर्दै द्वन्द्वपीडित परिवारलाई न्याय र परिपूरणको अनुभूति गराउनु आवश्यक रहेको पनि बताइन् ।

साथै उनले लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा अझै पनि प्रभावकारी स्वास्थ्य सेवाको अभाव रहेको बताउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सानो दुर्घटना र गम्भीर चोटपटक लागे पनि नेपालगन्ज र बुटवल जानुपर्ने बाध्यता जनतालाई रहेको उल्लेख गर्दै उनले भनिन्, ‘भालुबाङ्ग स्वास्थ्य चौकीलाई प्रदेश मातहतमा लगे पनि दक्ष जनशक्ति र उपकरण अभाव छ । लमही अस्पतालमा डाक्टर दरबन्दी थप्ने , जीर्ण भौतिक संरचना , रिफर सेन्टर मात्रै हो जस्तो देखिन्छ ।’

भारतीय सीमा नाकामा बसोबास गर्ने नेपाली जनताको उपचारमा थप समस्या रहेको पनि उनले बताइन् । त्यस कारण देउखुरीका १ नगरपालिका र ३ गाउँपालिकाका बासिन्दामा स्वास्थ्य समस्या समाधान गर्न कम्तीमा पनि देउखुरीमा सुविधायुक्त अस्पताल हुनुपर्ने उनले जोड दिइन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal