आज :

हुम्लाको ताँजाकोटमा २ दिने नि:शुल्क आँखा शिविर सम्पन्न

  • अनलाइन डबली

हुम्ला । जिल्लाको ताजाकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्मपन्न भएको छ । चैत २८ र २९ गरेर २ दिने सो शिविरमा ६३ जनाको मोतिबिन्दुको सफल अप्रेसन सहित ४ सय ७८ जनाको आँखा जाँच भएको पालिका अध्यक्ष लालकेश जैसीले बताएका छन् ।

२ सय ७ महिला र २ सय ६१ पुरुषको उपचार हुनुका साथै १ सय ९० जनालाई चस्मा वितरण गरिएको अध्यक्ष जैसीले अनलाईन डबलीलाई जानकारी दिए ।
सो दुई दिने शिविरलाई ताँजाकोट गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्वतिसंघले जर्मन कोअपरेशन,सिविन(दातृ संस्था),नेपाल रेडक्रस सोसाइटी हुम्ला,आँखा अस्पताल सुर्खेतले आर्थिक लगायतका सहयोग गरेका थिए ।

सर्जन मिनिस खतिवडा सहितको ११ जना र ताजाकोटमा कार्यरत स्वास्थ्य कर्मिहरुलाई स्थानियहरुको आँखा उपचारमा सघाउने तथा शिविर सफल पार्ने सबैलाई अध्यक्ष जैसीले धन्यबाद दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal