
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
गएराति जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा जीप दुर्घटना भएको हो । जीप राति साढे ११ बजे जीप दुर्घटना भएको थियो ।
जीपमा चालकसहित १२ जना सवार थिए । जसमा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरु बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीपबाट हाम फालेर पाँच जनाले ज्यान गुमाएका छन् भने चालक फरार छन् ।