आज :

अर्थतन्त्र सुधारतिर, यी मुख्य ८ बुँदाले देखाउँछ देशको पछिल्लो अवस्था

  • अनलाइन डबली

काठमाडौँ । कोरोनाले थला परेको नेपाली अर्थतन्त्र सुधारउन्मुख रहेको तथ्यांकहरुले देखाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले नेपालले सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थाको प्रतिवेदनले अर्थतन्त्रको सुचक सुधारउन्मुख रहेको देखाएको छ ।

राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै सामान्य अवस्थामा संकट नआउने बताएको छ ।

विदेशी मुद्रा सञ्चिती बढेको छ । करिब ११ महिनासम्म पुग्ने सञ्चिती रहेको छ । जबकी गत आर्थिक वर्षको समान्तमा ९ महिनालाई मात्रै धान्न पुग्ने सञ्चिती रहेको थियो ।

यी हुन् मुख्य ८ सुधारका संकेतः

१. वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ ।

२. आयात १९।१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेकोछ ।

३. विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ ।

४. शोधनान्तर स्थिति रु. १४८ अर्ब ११ करोडलेबचतमा रहेको छ ।

५. कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ ।

६. संघीय सरकारको खर्च रु. ७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु. ५८२ अर्ब ७७ करोड रहेकोछ ।

७. विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ ।

८. बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५।५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेकोछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal