आज :

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग कोरियका पूर्वमन्त्रीले भने– नेपालमा ठूलो लगानी ल्याउँछौंँ

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा डा. कीले नेपाल सरकारले लगानी मैत्री वातावरण तयार गरेमा कोरिया लगायत विश्वभरको लगानी नेपालमा ल्याउन सकिनके बताए ।

कोरियन सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक कार्य गरेका लिले देशको विकास हुन त्यहाँको बलियो र दुरदर्शि नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकशित राष्ट्र बनेको बताए । भेटवार्ताको क्रममा लीले नेपालले पनि कोरियको प्रविधि र लगानी भित्राएर विकास गर्न सक्ने बताउँदै भने, “हरेक हिसाबले सम्भावना भएको नेपालले विकासमा छलाङ लगाउन सक्छ, तपाईँहरु अनुमती दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौं ।”

हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका लिले आफ्नो देशले पनि पहिले बैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गरे । विकास गर्न मुख्य गरेर पुर्वाधार, यातायतका साथै विद्युतिकरणमा जोड दिनुपर्ने र सिमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्ने बताए । आफू र आफ्नो समूह लगानीका माध्यमबाट विकाशको लागि काम गरिरहेको बताउँदै, विश्वका विभिन्न देशहरुमा लगानी गर्न खोजेको र नेपाल सरकारले लगानिको लागि आव्हान गरेमा पहिलो प्राथमिकतामा नेपाल भएकोले नेपाल भ्रमण गरेको बताए ।

सो क्रममा राष्ट्रिय जोजना आयोगका उपाध्यक्ष श्रेष्ठले नेपालप्रतिको सदभावको लागि धन्यबाद दिँदै नेपालले पूर्वमन्त्री लीजस्तै लगानीकर्तालाई छिट्टै आह्वान गर्ने बताए । उपाध्यक्ष श्रेष्ठले सन् १९५५ ताका नेपालले कोरियालई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा व्यक्त गरे । उनले आफूहरु पञ्चवर्षिय योजनाको लागि कार्यमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखि आयोजनामा ध्यान दिने समेत बताए ।

गैरआवसिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा समन्वय गरिएको सो भेटमा संघका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकशित राष्ट्रले अवलम्वन गरेको विकाशको मोडल भित्राएर छिट्टै विकास गर्न सकिने र सो का लागि गैरआवासि नेपालीले भूमिका खेल्ने धारणा राखेका थिए ।

भेटघाटमा संघकापूर्व उपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दिपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका शहरी रेलका माध्यमबाट पर्यटन र जल तथा सौर्यका साथै जैविक तथा नविकरणीय उर्जा उद्योगको माध्यमबाट विकाश गर्न सकिने धारणा राखे ।

वैदेशिक लगानि तथा लगानिमैत्री वातावरणको लागि राष्ट्रिय योजना आयोगले ति उद्योगहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिई लगानिको आव्हान गरेमा आ–आफ्नो क्षेत्रबाट नेपालमा लगानि भित्राई देश विकाशमा अगाडि बढ्न सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal