Skip
आज :

मिटर ब्याज पीडित र सरकारबीच आज वार्ता हुँदै

  • अनलाइन डबली

काठमाडौं । सरकार र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदैछ । सरकारले गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको  वार्ता समिति बनाएको थियो । उक्त सरकारी वार्ता टोली र पीडितबीच आइतबार छलफल भएको थियो ।

मागबारे सामान्य जानकारी गराएको पीडितले बताएका छन् । किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आज सरकारसँग वार्ता हुन लागेको संचारमाध्यमलाई जानकारी दिएका छन् ।

समितिले मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रिपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग रहेको सरकारी वार्ता टोलीलाई जानकारी गराएको थियो ।

आइतबार मागबारे सामान्य छलफल भएको र आज गम्भीर वार्ता हुने समितिले जनाएको छ । सरकारले आफूहरुका मागबारे निर्णय नलिए आन्दोलन थप चर्काउने समितिले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal