आज :

अदानचुली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न


हुम्लाको अदानचुली गाउँपालिकाले १२ औं हिउँदे गाउँसभा सम्पन्न भएको छ ।
शनिवार अदानचुली गाउँपालिकाको १२ औ हिउँदे गाउँ सभा सम्पन्न भएको हो । हिउँदे गाउँ सभाले गाउँपालिकाका बिभिन्न ४ वटा नीति , ऐन ,कानुन पारित गरेको छ जसमा गाउँपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७९, गाउँपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि २०७९, कन्टीजेन्सी रकम खर्च व्यवस्थापन कार्यविधि २०७९ तथा टोल विकास संस्था व्यवस्थापन कार्यविधि २०७९ हिउँदे गाउँसभाबाट पारित गरेको छ ।

चालु भैपरी खर्चमा रहेको रकम कर्मचारी तलब ,भत्ता तथा अन्य नपुग खर्च शीर्षकमा रु १ करोड रकम बिनियोजन अन्य शीर्षकमा थप घट गर्ने लगायतका निर्णय गरेको अदानचुली गाउँपालिकाका निप्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जानकारी दिए।
गाउँपालिका अध्यक्ष सिंहका अनुसार गाउँपालिकामा  केही विवादका कारण जनताले चाहेका कुराहरूको  सम्बोधन गर्न सकेनौ र आगामी दिनमा जनतालाई कुनै कुरामा पनी सास्ती नहुने बताए।  केही नीति ,ऐन कानुन समेत पारित गर्नुपर्ने भएकोले आवश्यक पर्ने सबै नीति ,ऐन, कानुन समेत पारित गरिएकाले अब तत्काल कार्यान्वयन समेत हुने समेत बताउनु भएको छ।

गाउँ सभामा बोल्ने वक्ताहरूलाई स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह उपाध्यक्ष कर्ण रोकाया ,नि। प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही ,वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत सरोकारवाला ब्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal