आज :

मैत्रीपूर्ण खेलमा थारु पत्रकार संघ विजयी

दाङ २५, चैत ।
थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मञ्च दाङ बिच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा थारु पत्रकार संघ विजयी भएको छ ।
यस मैत्रीपूर्ण फुटबल खेलमा थारु पत्रकार संघ दाङ दुई गोलका विरुद्ध सात गोल अन्तरले विजयी भएको हो । थारु पत्रकार संघ दाङका तर्फबाट खेलको पहिलो हाफमा लबलिन क्यान्भासले दुई गोल, सुबास चौधरीले चार गोल, र अजय चौधरीले एक गोल गरेका थिए । त्यस्तै राष्ट्रिय थारु कलाकार मञ्चका तर्फबाट सुलभ चौधरीले दुई गोल गरेका थिए ।
जनयुद्धका महान शहिदहरु अर्जुन चौधरी ९राहुल०, इन्द्र चौधरी ९श्याम०, र घोराही उपहानगरपालिकामा वडा नं १७ ओखरा निवासी पत्रकार प्रकाश चौधरीका भाई विजय चौधरी को स्मृतिमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । उनिहरु द्धन्द कालमा सत्ता पक्षबाट सोही दिन सहादत भएका थिए । यस अवसरमा विजयी थारु पत्रकार संघ लाई तिन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । विजयी टिमलाई स्व।अर्जुन चौधरी ९राहुल० का बुवा रामप्रसाद चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
स्व।अर्जुन चौधरी ९राहुल० का बुवा रामप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १७ का वडा सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलको सुरुवात गरिएको थियो । यस अवसरमा बोल्ने वत्ताहरुले देश र जनताका लागि आफ्नो ज्यान आहुती दिने शहिदहरु सबैमाझ महान रहने बताए । अहिले उहाँहरुको भौतिक शरीर नभएपनि उहाँहरुको नाम इतिहासमा स्वर्णिम अक्षरले लेखिसकेको उनिहरुको भनाई थियो । त्यस्तै प्रमुख अतिथि धनिराम चौधरीले आगामी दिनमा उहाँहरुको सम्झनामा वडा सँग सहकार्य गरी बृहत फुटबल प्रतियोगिताको उही आयोजना गर्ने बताए । यस अवसरमा थारु पत्रकार संघका निवर्तमान केन्द्रिय अध्यक्ष सन्तोष दहित, पत्रकार लक्षिमान चौधरी, नविन चौधरी शहीद अर्जुन चौधरीका आमा तुलसा चौधरी लगायतले बोल्नु भएको थियो । शहीद श्याम चौधरीका दाई चन्द्र प्रसाद चौधरीको स्वागत मतव्यबाट बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रकाश चौधरीले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal