आज :

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा ८० प्रतिशत छुट, यी हुन् अस्पतालहरु

  • अनलाइन डबली

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताले उपचारमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोषले योगदानकर्ताहरुलाई सेवा दिने उद्देश्यले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

कोषले सबैभन्दा धेरै बागमती प्रदेशमा २० अस्पतालसँग सम्झौता गरेको छ । त्यस्तै, कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा अस्पतालसँग पनि सम्झौता भएको छ । अब ती अस्पतालमा कोषको परिचय पत्र देखाएर योगदानकर्ताहरुले सुविधा ८० प्रतिशत छुटमा सेवा लिन सक्नेछन् ।

कोषले सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधि उपचारबापतको सुविधा भुक्तानी हुने जनाएको छ ।

यी हुन् कोषसँग सम्झौता भएका अस्पतालहरुः

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा
२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा
३. पशुपति मोडेल हस्पिटल– इटहरी, सुनसरी
४. हाम्रो अस्पताल– विराटनगर, मोरङ
५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टंकिसिनुवारी, विराटनगर
६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ
७. मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ
८. ओखलढुंगा सामुदायिक अस्पताल– ओखलढुंगा
९. रामलाल गोल्छा आँखा अस्पताल– विराटनगर, मोरङ
१०. नेसनल मेडिकल कलेज– वीरगन्ज, पर्सा
११. वीरगन्ज हेल्थ केयर अस्पताल– वीरगन्ज, पर्सा
१२. गण्डक अस्पताल– वीरगन्ज, पर्सा
१३. स्पर्स अस्पताल– वीरगन्ज, पर्सा
१४. किरण आँखा अस्पताल– वीरगन्ज, पर्सा
१५. नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही
१६. जानकी हेल्थ केयर– जनकपुर, धनुषा
१७. छिन्नमस्ता अस्पताल– राजविराज, सप्तरी
१८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी
१९. वीर अस्पताल– काठमाडौं
२०. त्रिवि शिक्षण अस्पताल– महाराजगन्ज, काठमाडौं
२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौं
२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौं
२३. काठमाडौं मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौं
२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौं
२५. तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौं
२६. दृष्टि आई केयर– कलंकी, काठमाडौं
२७. एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौं
२८. होप अस्पताल– सिनामंगल, काठमाडौं
२९. शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौं
३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौं
३१. फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौं
३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर
३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे
३४. कलेज अफ मेडिकल साइन्सेस– भरतपुर, चितवन
३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन
३६. मकवानपुर सहकारी अस्पताल– हेटौंडा, मकवानपुर
३७. चुरेहिल अस्पताल– हेटौंडा, मकवानपुर
३८. काठमाडौं क्यान्सर सेन्टर– ताथली, भक्तपुर
३९. चरक मेमोरियल अस्पताल– पोखरा, कास्की
४०. ग्यालेक्सी अस्पताल– पोखरा, कास्की
४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगन्ज मेडिकल कलेज)– कोहलपुर, बाँके
४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगन्ज मेडिकल कलेज)– नेपालगन्ज, बाँके
४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही
४४. गौतमबुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal