
काठमाडौं । उपचुनावको आजबाट आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा आजबाट निर्वाचन आचारसंहिता लागू भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।
निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
आयोगका अनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न भने आचारसंहिताले रोक्ने छैन । प्रपक्ता पौडेलका अनुसार आचारसंहित देशभरि नभएर तीन जिल्लामात्रै भएकोले मन्त्रिपरिषद् विस्तारले रोक्दैन ।