आज :

क्वालालम्पुर उडानमा यात्रुलाइ द्विविधामा नपर्न निगमको आग्रह  

  • अनलाइन डबली

काठमाडौ क्वालालम्पुर काठमाडौको उडानमा यात्रुलाइ  द्विविधामा नपर्न निगमले आग्रह  गरेको छ  ।

विभिन्न संचार माध्यममा नेपाल वायुसेवाबाट यात्रा गर्ने यात्रुहरुलाई द्विविधा पर्न सक्ने गरी विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशित भएकोमा निगमको ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक बिज्ञप्ति जारीगर्दै भनेको छ  – ‘ नेपाल वायुसेवा निगमले काठमाडौ क्वालालम्पुर काठमाडौको नियमित उडानका लागि अनुमति प्राप्त नभएको भन्ने सम्बन्धमा निगमले क्वालालम्पुर उडानको लागि मलेसियाको नागरिक उड्डयन कार्यालयमा मिति १ ९ मार्च २०२३ मा अपरेशन विभागबाट उडानका लागि आवश्यक कागजातसहित Summer scheduled को अनुमति माग गर्दा FAOC अद्यावधिक नभएको जानकारी आएकोले डान तथा यात्रुहरु प्रभावित हुन सक्ने सम्भावनालाई ऑकलन गरी आकस्मिक व्यवस्थापनको लागि Non schedule उडान अनुमति लागि समेत माग गरिएकोमा मिति २८ मार्च २०२३ मा नै scheduled उडान अनुमति प्राप्त भैसकेकोले साविककै उडान तालिका अनुसार उडान संचालन गरियो । Non scheduled उडानले निगमलाई अतिरिक्त खर्चको भार नभएको र नियमित उडानकै समयमा उडान संचालन गरी यात्रुहरुलाई सहजीकरण गरिएको जानकारी गराइन्छ । उक्त सम्बन्धमा छानविन गर्दा अपरेशन विभाग र मलेसिया स्टेसनको कमी – कमजोरी देखिएकोले यसका जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गरिएको छ । Pret 1x त्यसैगरी दुबई उडान ढीला भएको सम्बन्धमा निगमको उडानको First officer ले उडानको अन्तिम समयमा बिरामी भएको जानकारी गराएको र उडान ढीला हुन गएको सम्बन्धमा नायबमहाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा छानविन समिति गठन गरी अपरेशन विभागका निर्देशकलाई स्पष्टीकरण समेत सोधिएको र अब उप्रान्त यस्ता किसिमका घटनाहरु नदोहोर्याउन सम्बन्धित कर्मचारीलाई चेतावनी दिइएको छ । छानविनबाट प्राप्त Root cause analysis गरी सुधारात्मक उपायको अवलम्बन एवम् गल्ती गर्नेहरुलाई कारवाही गरिने जानकारी गराइन्छ । ’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal