Skip
आज :

सर्वोच्चमा पुग्यो अर्को रिट निवेदन, रवि लामिछानेको उम्मेदवारी रद्द हुन सक्ने !

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन -२ मा हुन लागेको उपचुनावमा उम्मेदवारी दर्ता गर्दैछन् । उनको नागरिकता अवैध भएको ठहर भएसँगै सांसद गुमाएपछि उपचुनाव हुन लागेको हो । रवि दलबलसहित चितवन पुगिसेकका छन् ।

सर्वोच्चको फैसलासँगै रविले जिल्ला प्रशासन कार्यालय काठमाडौं‍बाट आफ्नो पुरानो नागरिकता कायम गराएका थिए । तर, उनको नागरिकताबारे फेरि बहस सुरु भएको छ । उम्मेदवारी दर्तासँगै संविधानको धारा २९१ अनुसार रविको उम्मेदवारीको वैधानिकताबारे बहस सुरु भएको हो ।

केही अधिवक्ताले रवि उपचुनावको लागि उम्मेदवार बन्न अयोग्य भएको दाबी गरेका छन् । संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तीमा तीन महिना व्यतीत नभई योग्य नहुने व्यवस्था गरेकाले रवि उम्मेदवार बन्न नसक्ने दाबी कानुनविद्को छ ।

यसैबीच युवराज सफलले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका छन् । उनले राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजीको माग समेत गरेका छन् ।

सर्वोच्चले उक्त निवेदन दर्ता गरेको त छैन । तर यसअघि सर्वोच्चको पूर्णपाठमा संकेत गरेअनुसार राहदानी दुरुपयाेगमा सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयको निर्णय उल्टाउन सक्ने बताइएको छ । योसँगै रविको उम्मेदवारी खारेज हुन सक्ने कानुन व्यवसायीको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal