
काठमाडौँ , चैत गते १० गते काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा न १६ स्थित नवराज अम्गाईको छोराको व्रतबन्ध कार्यक्रममै आमन्त्रणमा बाजा बजाउन गएका कलाकार पञ्चेबाजा आयुश परियारको समूह माथि जातीय विभेद भएको छ। बाजा समूह माथि भेदभाव भएको हुँदा कारबाही प्रक्रियाको माग गर्दै अगाडि बढाउने क्रममा महानगरीय प्रहरी वृत्त बालाजु काठमाण्डौमा आयुश परियार‚ हरि नेपाली‚ सन्तोष परियार‚ कल्पना नेपाली‚र कोपिला नेपालीले मुद्दा जाहेरी गरेका थिए तर पनि अहिले सम्म पक्राउ गर्न भने वेवास्ता गरिएको बताए।
कलाकार आयुश परियारमाथि भएका विभेदबाट सिर्जित बहसमाथि दलित अगुवाले पनि समर्थन गरेका छन् ।
नेपालमा जातीय विभेद सामाजिक अपराधसरह भएको भन्दै विभेद अन्त्यका लागि यथाशीघ्र पहल थाल्न पनि दलित अगुवाले संवैधानिक राष्ट्रिय दलित आयोग सँग माग गरेका छन् । उन्मुक्ति दिने कार्य गरिएको घटनाप्रति दलित नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयुश परियार माथि भएको जातीय विभेदको घटना नेपालको संविधान‚ जातीय भेदभाव तथा छुवाछूत र कसुर सजाय ऐन २०६८ र मानव अधिकार हनन विरुद्धको सन्धि‚ महासन्धि विपरित दण्डनीय कार्य भएको हाम्रो ठहर छ ।
दलित र गैरदलित दुवै मिली यस्तो समाजिक विभेदको अन्त्य गर्नुपर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिबाटै दोषीलाई उन्मुक्ति दिने र संरक्षण गर्ने कार्यले दलित समुदायको न्यायको आकाङ्क्षामाथि मात्र नभएर सिङ्गो सामाजिक न्यायको सुनिश्चितताप्रति नै गम्भीर प्रहार भएको हामीले महसुस गरेका छौं । त्यसैले सरकारबाटै यस्ता घटनालाई जातीय विभेदको रूप दिन चालिएको उक्त कदमप्रति सरकारलाई सचेत गराएका बताए।
तसर्थ संवैधानिक र कानुनीरूपमै दलितको समुदायको मौलिक हकको सुनिश्चित गर्न हरेक तह र तप्कामा हुने जातीय विभेदको अन्त्य गर्न अपिल गर्दैछौ । कानूनी शासनको प्रत्याभूतिको लागि हरेक तहमा हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपको अन्त्य गर्न जोडदार माग गरेका छन्।