
काठमाडौं । नेपाल राष्टिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा पुनः हरि रावल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न पाचौं केन्द्रीय अधिवेशनले रावललाई सर्बसम्मत निर्बाचित गरेको हो ।
त्यसैगरी संगठनको वरिष्ठ उपाध्यक्षमा अम्बादत्त भट्ट, महासचिव: डिलाराम खनाल रहेका छन् । त्यस्तै, सचिव – हरिलाल विक, सचिव – बिनोद चौधरी, सचिव – बलदेव कपाडी, सचिव – राज बहादुर पछाई, सचिव- नवीन शाही, सचिव- झलक शर्मा पौडेल र सचिव- राजेन्द्र राना रहेका छन् ।
त्यसैगरी ५९ सदस्यीय सचिवालय र १२६ जना केन्द्रीय सदस्य समेत अधिवेशनले निर्वाचित गरेको छ ।