आज :

जासुसी गर्दैगर्दा अमेरिकी पत्रकार एभन रंगेहात पक्राउ !

  • अनलाइन डबली

काठमाडौं  । रुसले आफ्नो देशको जासुसी गरेको भन्दै एक अमेरिकी पत्रकारलाई पक्राउ गरेको छ । द वाल स्ट्रीट जर्नलका अमेरिकी पत्रकार एभन गोर्स्कभीचलाई रुसले रंगेहात प‍क्राउ गरेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

एभन यक्याटरिङबर्गमा सुरक्षासँग सम्बन्धित जासुसी गरिरहेको बेला पक्राउ गरेको रुसले दाबी गरेको छ । रोक लगाइएका गैरकानुनी गतिविधिबारे गोप्य सूचना संकलन गरिरहेको बेला पक्राउ गरिएको मस्कोले जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

एभनले अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेको रुसले दाबी गरेको छ । उनलाई लिफोर्टोभो जिल्ला अदालतमा लगेर औपचारिक रूपमा पक्रा‍उ गरिएको थियो । अदालतले एभनलाई मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ।

उक्त अदालतमा त्यसअघि बमको जोखिम रहेको भन्दै आगन्तुक र कर्मचारीलाई बाहिर पठाइएको रुसको रीआ सरकारी न्यूज एजेन्सीले जनाएको छ।

एफएसबीले एउटा विज्ञप्तिमा एभन गोस्कर्भीचसँग मस्कोभन्दा १,८०० किलोमिटर पूर्वमा काम गर्दै गर्दा विदेश मन्त्रालयको अनुमतिपत्र रहेको जनाएको छ।

द वाल स्ट्रीट जर्नलको यसै साता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको भन्दै रिपोर्ट प्रकाशित भएको थियो ।

एभनले अमेरिकी इशारामा रुसको रक्षा उद्योगका बारेका राज्यका गोप्य गतिविधिबारे सूचना सङकलन गरेको रुसले दाबी गरेको छ । उसले एउटा फौजदारी जासुसी मुद्दा समेत अघि बढाइएको बताएको छ।

द वाल स्ट्रिट जनर्लले एभनको सुरक्षाबारे चिन्ता व्यक्त गरेको छ ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता दिमित्री पेश्कोभले उक्त विषय एफएसबीको जिम्मेवारीमा पर्ने र उनीहरूले विज्ञप्ति जारी गरिसकेको बताएका छन्। “मैले भन्न सक्ने थप कुरा के मात्रै छ भने उनी रङ्गेहात पक्राउ परेका हुन्” दिमित्रीले भने ।

रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal