आज :

भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमण, नेपालमा पनि जोखिम

  • अनलाइन डबली

काठमाडौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नयाँ लहरकै रुप लिन सक्ने विज्ञहरुले बताएका छन् ।

शून्य कोरोनामा बनेको नेपालमा पनि केहीदेखि पुनः संक्रमितको संख्या बढेको छ । भारतमा कोरोना संक्रमित बढ्न थालेपछि सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

भारतबाट नेपाल फर्किने समय भएको र उनीहरुबाट कोरोना भाइरस फेरि गाउँगाउँसम्म पुग्ने खतरा बढेको भन्दै सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा कडाइ गरिएको हो । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal