
काठमाडौँ । प्रधानमन्त्री त्रिदेशीय फुटबलको नेपाल फाइनलमा प्रवेश गरेको छ । काठमाडौँमा जारी खेलमा नेपालले भुटानलाई एक गोलमा रोकेको छ ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो भुटानले गोल हानेको थियो । नेपालले १-१ गोलसहित बराबरी खेलेर भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ ।
खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । खेलमा आयुस घलान प्लेयर अफ द म्याच चुनिए ।
खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते हुनेछ ।