आज :

बालुवाटारमा गठबन्धनको बैठक सुरु, न्यूनतम साझा कार्यक्रम र मन्त्रिमण्डल विस्तारमा छलफल 

  • अनलाइन डबली

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा मन्त्रिमण्डल विस्तार र सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार र साझा कार्यक्रमबारे नेताहरुलाई धारणा राख्न भनेका छन् । अहिले नेताहरुले बोलिरहेका छन् ।

प्रधानमन्त्रीले आजै मन्त्रालयको टुंगो लगाएर भाेलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउने तयारी गरेको छ । न्युनतम साझा कार्यक्रममा सैद्धान्तिक सहमतिसँगै मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका शिर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal