आज :

चंखेली गाउँपालिकाको सलिसल्लाको दोभानमा अपरिचित ब्यक्तिको ला’स फेला

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका –४ स्थित सल्लिसल्लाको कर्णाली नदीमा एक जना पुरूषको ला’स फेला परेको छ। आइतबार  साँझ साढे ९ बजे चंखेली गाउँपालिका–४ को देशीखोला र कर्णाली नदीको बिच (दोभान) मा अपरिचत ला’स फेला परेको हो।

चंखेली गाउँपालिका–४ का हर्के कुलाल र सुरज बिकले माछा मार्न गएको बेला ला’स देखेपछि प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घटना स्थलमा प्रहरीचौकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतको टोली पुगिसकेको प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतले ला’स नदीबाट निकालेर छेउमा राखेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताए । थप अनुसन्धानको कार्य भईरहेको प्रहरी नायब उपरिक्षक भट्टराईको भनाई छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal