आज :

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो, माघयता चार पटक भूकम्प

  • अनलाइन डबली

काठमाडौं । बाजुरामा केन्द्र भएर नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १०ः २७ बजे बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि गएको फागुनको १० गते बाजुरामै ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

माघ १० र १२ गते पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको थियो । माघ १० गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । तर पश्चिम नेपालमा ५ सय वर्षभन्दा लामो समयदेखि ठूलो भूकम्प नगएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal