
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पौडेल गोरखा दरबार पुगेका हुन् ।
राष्ट्रपति पौडेल आइतबार विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा गएका हुन् ।
राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् ।