
काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले प्रदेश नेतृत्व चयन गरिरहेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट निजामति संगठनको शनिबार कर्णाली र गण्डकी प्रदेशका दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशको दोस्रो अधिवेशनले देवेश्वर गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम केसी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम वि.क. निर्वाचित भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशको अधिवेशनले नारायण राज सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
दुबै नयाँ कमिटीलाई संगठनका केन्द्रीय अध्यक्ष हरि रावलले बधाई तथा शुभकामना दिएका छन् ।