
काठमाडौं ।काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन सूचना जारी गरेको छ ।
महानगरले शनिबार आज एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल हटाउन भनेको हो ।
महानगरले यसअघि पनि पटक पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन दिइको सूचनालाई पुनः सबैलाई जानकारी गराईसकेको भन्दै अबको एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
