काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाले पानमा पराजित गरेको छ । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले २-० गोलले पानमालाई पराजित गरेको हो ।
अर्जेन्टिनाको लागि लिओनल मेसी र र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे ।
आज विहान भएको खेलमा अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।
मेसीको यो गोलसँगै खेल जीवनमा ८ सय गोल हानेका छन् । राष्ट्रिय टिमको लागि ९९ गोल गरेका छन् । मेसीले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् ।
अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।