आज :

चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

  • अनलाइन डबली

काठमाडौं । रेडियो पत्रकारितामा ठूलो योगदान दिएकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय कृष्णाको न्युरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम सुरु गरेकी ताम्राकार चर्चित रेडियो कार्यक्रम प्रस्तोता तथा संचालिका पनि हुन् । उनको स्वर र कलाकै कारण कृष्णा चर्चाको शिखरमा पुगेकी थिइन् ।

लामो समयसम्म रेडियो नेपालमा काम काम गरेकी कृष्णाले नीजि क्षेत्रका लागि उत्पादन गरिएका रेडियो कार्यक्रमको प्रस्तोताको रुपमा समेत काम गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार कृष्णाको आजै अन्त्येष्टी गरिनेछ ।

सरकारले कृष्णालाई वरिष्ठ पत्रकारिताको उपाधि दिएर सम्मान गरेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal