आज :

आज प्रहरीको महानिरीक्षक नियुक्त गर्दै सरकार, सिंहको बिदाई

  • अनलाइन डबली

काठमाडौँ । सरकारले आज नेपाल प्रहरीकाे महानिरीक्षक नियुक्ति गर्दैछ । प्रहरीको प्रमुख पद खाली हुन नदिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकले नयाँ महानिरीक्षक नियुक्त गर्ने एक मन्त्रीले जानकारी  दिए ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अनिवार्य अवकाशमा जाने भएकोले आजै नयाँ नेतृत्व नियुक्त गर्ने सरकारको तयारी छ । आजै सिंहको बिदाई गरिनेछ ।

प्रहरीको ३० औँ महानिरीक्षकको लाथि ५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु दाबेदार रहेका छन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् ।

तर, वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्येबाट एकलाई प्रहरी प्रमुख बनाउने सरकारको तयारी छ । मेरिट लिस्टको एक नम्बरमा कुँवर र चौथोमा ज्ञवाली छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal