
काठमाडौँ स्थित पाकिस्तानि राजदुतावासमा पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा झण्डा फहराईएको छ। दुतावासका कार्यवाहक (एआई) अमिर अलीले आज राष्ट्रिय झण्डा फहराएको हो ।
सो अवसरमा बोल्दै उमैर अलीले राष्ट्रपति आरीफ अल्वी र प्रधानमन्त्री सेहबाज सरिफले दिएको सन्देश पढेर सुनाए।
सन् १९४० मा मुस्लिमहरूले आफ्नो र आफ्नो भविष्यको लागि छुट्टै गृहभूमि पाकिस्थान बनाएको हो ।
उनले पाकिस्तान बनाउने प्रतिबद्धतालाई पुन: पुष्टी गर्नुपर्ने आवश्यकतालाई जोड दिए।
झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो।