आज :

छैठौ विश्व नेवा: दिवस मनाइदै

  • अनलाइन डबली

 

काठमाडौँ । विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन  हलि नेवाः दबू (वल्ड नेवा: अर्गनाइजेसन )ले छैठौ विश्व नेवा: दिवस मनाउने भएको छ। विश्व भरि छरिएर रहेको नेवाः सरोकारका सम्बन्धमा निरन्तर क्रियाशी हलि नेवाः दबू अन्तर्गत वल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरले शनिवार काठमाडौँको बसन्तपुरमा यो दिवस मनाउन लागेको हो। ‘ सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित यस बर्ष मनाइन लागेको दिवसमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्य रहने अर्गनाइजेसनले आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

राष्ट्रिय स्तरमानै यो दिवस मनाउनका लागी सुझाउने उदेश्यले गर्न लागीएको यस दिवसको अवसरमा समाज र नेपाललाइ चिनाउन विशेष योगदान दिने समाजका राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिने भएको छ ।  जस अनुसार कविताको मध्यम बात नेपालभाषाको निरन्तर सेवा गरि रहनु भएका जनकवि दुर्गालाल श्रेष्ठलाइ हलि नेवाः विशेष सम्मान प्रदान गर्ने भएको छ।
यसै गरि न्यायसेवामा समर्पित गर्नु भएका पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ , सशस्त्र प्रहरी बलका पूर्वआईजीपी सिंह बहादुर श्रेष्ठ ,नेपाली पहिलो चलचित्र अभिनेत्री चैत्यदेवी सिंह , बरिष्ठ समाजसेवी सुवर्णकेशरी चित्रकार , वरिष्ठ संस्कृतिविद् / इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर , वरिष्ठ हस्तकला कलाकार चिनकाजी ताम्राकार , उद्योगी / व्यवसायी रुपज्योति कसाः , वरिष्ठ पत्रकार नातिकाजी महर्जन , वरिष्ठ गणितज्ञ ज्योतिष देवनारायण महर्जन , अन्तर्राष्ट्रिय कुस्ति खेलाडी लेडी ड्रागन मुना श्रेष्ठ , वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य , वरिष्ठ साहित्यकार मथुरा सायूमि र वरिष्ठ कूटनीतिज्ञ पूर्वराजदूत केदारभक्त माथेमाका साथै कास्की नेवाः खलः ( कास्की नेवार समाज ) लाइ सम्मान गरिने भएको छ।
साथै वरिष्ठ गाएक रमेश ताम्राकारको सम्झनामा कवयित्री मथुजु अञ्जना ताम्राकारले स्थापना गर्नु भएको वरिष्ठ गायक रमेश ताम्राकार लुमन्ति सिरपाः ( रमेस ताम्राकार स्मृति ) पुरस्कार वरिष्ठ गाएक प्रवेशमान शाक्यलाइ प्रदान गरिने छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal