काठमाडौं । अफगानिस्तानको शक्तिशाली भूकम्प गएको छ । फैजावाद केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पबाट क्षतिको प्रारम्भिक विवरण थालेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पाँच जनाको मृत्यु भएको छ भने तीन सय जना घाइते भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
भूकम्पको धक्का भारत र पाकिस्तानसम्म पुगेको बताइएको छ ।