आज :

मन्त्रिमण्डललाई पूर्णता दिने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड, गृह माओवादीले नै राख्ने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको गृहकार्य सुरु गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेसँगै प्रचण्डले मन्त्रिमण्डल पूर्णता दिने गृहकार्य सुरु गरेका हुन् ।

नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेसँगै मन्त्रिमण्डले पूर्णता पाउन सकेको थिएन । राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन आचारसंहिता तथा विश्वसको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारलाई पूर्णाता दिने प्रधानमन्त्रीले बताउँदै आएका थिए ।

विश्वासको मत प्राप्त गरेपछि संसद बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले अबको चार दिनभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग विहानैबाट छलफल सुरु गरेका छन् ।

नेपाली काँग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेको छ भने समाजवादीले गृहमा दाबी गरेको छ । गृह पाए रविको पार्टी पनि सरकारमा सहभागी हुने देखिएको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफुसँगै राख्न चाहेको बताइएको छ । नेपाली काँग्रेसले गृह र अर्थमध्ये छानेर लिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal