आज :

एनआरएनएको वार्षिक साधारणसभाः बंशजको नागरिकतालाई निरन्तरताको माग

  • अनलाइन डबली

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आज बार्षिक साधारण सभा हुँदैछ । साधारणसभामा वंशजकै नागरिकतालाई निरन्तरता दिनुपर्ने मागलाई मुख्य एजेण्डा बनाइएको छ ।

अध्यक्ष विनोद कुँवरले आफूहरुले पहिलेबाटै उठाउँदै आएको नागरिकताको विषयलाई सरकारलाई चाँडो निर्णय गर्नुपर्ने बताए । उनले नागरिकता विषयको टुंगो नलागेकै कारण गैर आवसीय नेपालीहरुले नेपालमा लगानी भित्र्याउन समस्या पैदा भएको उनले बताए ।

“देशमा आर्थिक संकट बढ्दै गएको छ, विदेशी भूमिमा आर्जन गरेको लगानी नेपाल भित्र्याउन समस्या छ, हामीले यो साधारणसभाको मुख्य विषय नागरिकतालाई बनाएका छौं । यदि सरकारले नागरिकताको विषय हल गरेमा नेपालमा ठूलो लगानी भित्रिन्छ” अध्यक्ष कुँवरले भने । उनले पहिले भन्दा केही सहज भएपनि लगानी भित्र्याउन अझै कानूनी अड्चन कायमै रहेको बताए ।

सरकारले सहज वातावरण बनाए आफूहरुले विश्वभर छरिएका नेपालीलाई नेपालमा लगानी गर्न अपील गर्ने कुँवरले बताए । प्रधानमन्त्री प्रचण्डले आर्थिक एजेण्डालाई प्राथमिकता दिएका कारण सरकारले लगानी भित्र्याउने वातावरण बनाउनेमा विश्वस व्यक्त गरे । “प्रधानमन्त्रीज्यूले आर्थिक समस्यालाई प्राथमिकता दिएको देखिन्छ, यो सरकारले एनआरएनएको समस्या हल गरेर सहज वातावरण बनाउनेछ भन्नेमा विश्वास लिएका छौं” कुँवरले भने ।

आइतबार बेलुका ५ बजेबाट सुरु हुने भर्चुअल माध्यमबाट सुरु हुने साधारणसभामा नेपालको आर्थिक टार्न सरकारलाई साथ दिन लगानी भित्र्याउने विषयमा पनि छलफल हुनेछ बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal