आज :

१४ वर्षपछि आज स्ववियु चुनावः बिहान ८ देखि ४ बजेसम्म मतदान, मत गणना रातिबाट

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आज हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि केही क्याम्पसबाट साँझ र धेरैले रातिबाट मतगणना सुरु गर्ने तयारी गरेका छन् ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्रिविले एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैमा अपील गरेको छ ।

स्ववियु चुनावमा मुख्यगरी तीन संगठनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारी, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म अखिल क्रान्तिकारी सबैभन्दा धेरै ३४ क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ । नेविसंघ र अनेरास्ववियु भन्दा अखिल क्रान्तिकारीले दोब्बर बढी क्याम्पसमा जित हात पारिसकेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal