आज :

नागरिक लगानी कोषले मनायो ३३ औँ वार्षिकोत्सव

काठमाडौँ । नागरिक लगानी कोष स्थापनाको ३३ औँ वार्षिकोत्सव मनाएको छ । शनिबार नयाँबानेश्वरस्थित कोषको आफ्नै भवनमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा अर्थमन्त्रालयका सचवि तोयम रायले कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन् दायत्विलाई व्यवस्थापन गर्न कोषले थप प्रभावकारी भूमिका खेल्नु पर्ने बताए ।

त्यस्तै मन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको वित्तीय क्षेत्र विकास रणनीति अन्तरगत पुँजीबजारको विकास, विस्तार र विश्वासनीयता अभिवृद्धी गर्ने अवधारणालाई आत्मसाथ गर्दै कोषको अगुवायीमा नागरिक स्टक डिलरको स्थापना गरी संचालनमा ल्याइसकेको र त्यसको सेवामा अझ बढोत्तरी गर्नेमा आफूहरु लागिरहेको वताए ।

कोषका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु दुई खर्बभन्दा बढी लगानी गरिसकेको बताए । थापाले कोषमा श्रीमान श्रीमती दुवै सहभाग्ी भएमा आवाश कर्जा रु १ करोड रुपैया सम्म सुविधा दिने व्यवस्था रहेको वताए ।
अध्यक्ष थापका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु दुई खर्ब छ अर्ब १९ करोड छ ।

हालसम्म मुद्दती निक्षेपमा रु एक खर्ब छ अर्ब २६ करोड, धितोपत्रमा रु २८ अर्ब २६ करोड १३ लाख, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा रु ४५ अर्ब ९२ करोड १५ लाख र समकालीन कर्जामा रु २२ अर्ब ६९ करोड ८० लाख लगानी गरेको थापाले जानकारी दिए । पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान रु आठ अर्ब रहेको कोषको चुक्ता पूँजी रु चार अर्ब २५ करोड १० लाख रहेकोसमेत उनले बताए ।

त्यसैगरी नागरिक लगानी कोषमा सरकारको २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१ दशमलव ५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैङ्क तथा वित्तीय संस्थाको १५ दशमलव ११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्मचारीहरुको कोषप्रतिको लगावप्रति धन्यबाद दिदै अझ अनुशासित भएर जनसेवामा लाग्न निर्देशनसमेत दिए । लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको नेपालले बताए ।

उत्कृष्ठ पुरस्कार प्राप्त गर्ने कर्मचारीहरु उपनिर्देशक अ्न्जली आचार्य हरिहर गुरागाई पृथु कुमार थापा रहेका थिए, भने सहायक पुरस्कार प्राप्त गर्ने मेघ प्रसाद चापागाइ पोखरा शाँखा उत्कृष्ठ पुरस्कार नवराज गौतम लगायतले पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका अतिथि,कोषका अध्यक्ष र कार्यकारी निर्देशकले पुरष्कार पाउन सफल कर्मचारीहरुलाई बधाई दिएका थिए ।

कार्यक्रम कोषका अध्यक्ष थापाको अध्यक्षतमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal