काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चियापानको आयोजना गरेका छन् । उपराष्ट्रपति चुनावमा देशभरबाट काठमाडौंमा आएका सङ्घ तथा प्रदेशका सांसदहरुलाई चियापानमा निम्तो दिइएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ९ बजे चियापानको आयोजना गरिएको हो । आफूलाई भोट हालेका सांसदहरुलाई धन्यवाद दिन चियापानको आयोजना गरेको बताइएको छ ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।
राष्ट्रपतिमा निर्वाचति भएपछि पौडेलले पहिलो पटक औपचारिक कार्याक्रमको आयोजना गरेका छन् ।
शुक्रबार साँझ राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।