आज :

खेलाडीहरुको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदानमा

  • अनलाइन डबली

काठमाडौँ । खेलाडीहरुको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन् । नेपाल र युएईबीचको खेल हुन गइरहेको बेला प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ। लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेल हो । युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

खेल हेर्न आएका समर्थकहरूको त्रिवि क्रिकेट मैदान बाहिर भिड छ । क्यानले बुधबार नै सबै टिकट बिक्री भएको बताए पनि केही समर्थक भित्र छिर्न पाउनुपर्ने माग सहित मैदान बाहिर छन् । खेल सुरु हुनु पूर्व नै हजारौँ सख्यामा समर्थकहरूको उपस्थित भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal