आज :

डोटीका किसानका दुःख : पानी चाहिने बेला खडेरी, बालि भित्र्याउने बेला असिना 

धनगढी । चाहिनेबेला पानी नपरेको डोटीमा बाली भित्र्याउने बेला भने असिना पानी परेको छ । खडेरीबाट बचेको भित्र्याउने बेला असिनाले क्षति पुर्याएपछि डोटीका किसान चिन्तित बनेका छन् ।

गएराति डोटीका ९ वटै पालिकामा असिना पानी परेर गहुँ, जौँ, मुसुरो, तोरीलगायत तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको पुर्याएको छ ।

जिल्ला कृषि ज्ञानकेन्द्र सिलगढीका अनुसार बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित छन् । असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको बताइएको छ ।

यसैगरी सुन्तलाका पात समेत झार्ने गरी असिना परेकाले किसानहरुलाई ठूलो नोक्सानी पुर्‍याएको छ । असिना पानीको क्षतिको एकिन विवरण संकलन गर्ने कार्य भइरहेको केन्द्रले जनाएको छ ।

यसैबीच देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण आज पनि देशका विभिन्न भागमा असिना पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal